अध्यक्ष अग्रवालकाे प्रश्न- उद्योग गर्नु के अपराध हाे ?

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई अपराधी सरह व्यवहार गरेको बताएका छन् । आइतबार उद्योगीहरुले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अग्रवालले उद्योग गर्नु अपराध नै गरे जस्तो गरेर विद्युत लाइन काटिएको बताएका हुन् ।

अध्यक्ष अग्रवालले देशमा उद्योग चलाएर रोजगारी सिर्जना गरिरहेका माथि ठूलो अन्याय भएको बताए । प्रमाण पेश गरे महशुस तिर्न समस्या नभएको भन्दै प्रमाण नदिइ लाइन काटेर अपराधीलाई गर्ने व्यवहार गरिएको उनले बताए ।

कुनमान घिसिङको नाम नलिइ उनले घिसिङको कार्यसम्पादन राम्रो देखाउन सरकार पनि चुप लागेर बसिरहेको बताए ।