कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुल्यो, तीन जना पक्राउ

काठमाडौं । दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ। हत्यामा संलग्न रहेको आशंकामा दाङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

दाङको घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शुक्रबार मृत भेटिएका थिए।

बंगलाचुली गाउँपालिका(४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा पुरुषको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा केसीको हत्या भएको संकेत मिलेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीले पक्राउ पर्ने व्यक्तिको पहिचान सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतमा पक्राउ गरेर नेपाल ल्याइएको हो।

केसीको हत्या गरेर कोइलाखानीको सुरुमा शव लुकाएपछि उनीहरु भारत भागेका थिए। भारतीय प्रहरीसँगको सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले लेनदेनको विषयलाई लिएर केसीको हत्या गरेको भेटिएको छ। यद्यपि थप अनुसन्धान भइरहेको र सम्भवतस् आज आइतबार नै पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिनुका साथै घटनाबारे विस्तत् विवरण सार्वजनिक गरिने प्रहरी स्रोतले जानकारी दिएको छ।