विदेशमा गएर कमाएर परिवार पाल्छु भन्ने आशा बोकेको युवाको गृह प्रशासनले हत्या गर्‍यो: रवि लामिछाने

काठमाण्डौँ । विदेशमा गएर कमाएर परिवार पाल्छु भन्ने आशा बोकेको युवाको गृह प्रशासनले हत्या गर्‍यो राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्‍था तथा सुशासन समितिमा सोमबार बोल्दै उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईंलाई म स्पष्ट भन्न चाहन्छु। तपाईं नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गर्‍यो।’

पूर्वगृहमन्त्रीसमेत रहेका उनले प्रहरी प्रशासनसँग भीडलाई नियन्त्रण गर्न सक्ने क्षमता भएको बताए। तर नेतृत्वको कमीकमजोरीका कारण घटना भएको र त्यस घटनापछि प्रशासनले मन्त्री श्रेष्ठलाई गम्भीरतापूर्वक नलिने उनले बताए।