हेटौँडा–काठमाडौंका २ सडक फागुन १५ सम्म बन्द

हेटौँडा । काठमाडौं चल्ने दुई वटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

हेटौँडा–काठमाडौं आवतजावत गर्ने ५ वटा सडकमार्ग मध्य इन्द्र सरोवर गाउँपालिकाअन्तर्गत फाखेल सडकखण्ड र चखेल–मातातीर्थ सडकख्ण्ड दुई महिनाको लागि बन्द हुमे भएको हो ।

मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नका लागि २ महिनाका लागि बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ ।ल्बदष् िद्ययहक्ष्ःभ् दयह

यी सडकहरू पुस १६ गते बाट फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ ।

यी सडकको विकल्पमा अब सिस्नेरी, कान्तिलोकपथ तथा भिमफेदी मार्खु–चित्लाङचन्द्रागिरि सडक प्रयोग गर्न सकिने इन्द्र सरोबर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए ।

हेटौँडा बाट काठमाडौंको लागि ५ वटा छोटो दूरीको सडकमार्ग सञ्चालनमा रहे पनि सबै सडकहरू जीर्ण रहेको कारण पहिलो चरणमा चखेल र फाखेल सडकको स्तरीकरण गर्न लागिएको हो ।