अस्पतालको बेडमा कुकुर सुतेपछि ३ स्वास्थ्यकर्मी निलम्बनमा

रुपन्देही । कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ।
अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्।

इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल बनेको थियो । अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ । अस्पतालमा रहेको सिसिटिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरवाही गर्ने ३ जनालाई निलम्बन गरिएको जानकारी दिए ।