विगतको सबै दुः ख बिर्सिन र घृणाको आगो मिलेर निभाउन पूर्व राजा ज्ञानेन्द्रको आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र बीर विक्रम शाहलाई भैरहवामा अभिनन्दन गरिएको छ । अभिनन्दन समारोहलाई सम्वोधन गर्दै राजा ज्ञानेन्द्र शाहले देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उनले बताएका छन् । ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको र यस्तो अवस्थाको अन्त्य हुनु पर्ने सम्वोधनका क्रममा बताएका छन् ।
आफूले देशलाई नजिकबाट नियालिरहेको भन्दै आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुनाए । ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’ उनले भने, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’ तर आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनले बताए । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुख–दुस्ख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उनले बताए । आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं ।’

देशमै उत्पादन उद्यम, इलम सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए ।

विगतको सबै दुः ख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने रु पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’