आत्मदाह गरेका प्रेम आचार्य प्रति समर्पित भिडियोमा जेएलसन : ट्रेन्डिङमा 

काठमाडौँ । केही समय अघि संसद् भवन अगाडी आत्मदाह गरेका इलामका प्रेम आचार्य प्रति समर्पित भिडियो सूर्योदय सार्वजनिक भएको दोश्रो दिनमा  युट्युबको ट्रेन्डिङको २६ मा आएको छ ।
भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । भिडियो अहिले उनि सँगै सुरभी सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगायतको अभिनय रहेको छ । आना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा युनिक पोइट र प्रकृति बस्नेत भट्टराईको आवाज रहेको छ ।

सङ्गीत निर्माताका रूपमा रिल्क्पास रहेको भिडियोमा अनीश तिवारी र सृजन श्यामाले भिडियोको कथा अनुसारको सांस्कृतिक बाजा हालेका छन् । नयन राईले छायाङ्कन गरेको भिडियोलाई नुजन डङ्गोलले सम्पादन गरेका हुन् । क्षितिज सिंह, अशोक अधिकारी र नुजन डङ्गोलको भिएफएक्स रहेको भिडियोको अञ्जन लिम्बुले रङ्ग संयोजन गरेका हुन् । लक्ष्मण खडका कार्यकारी निर्माता रहेको भिडियोमा निसम गोर्खालीको सह निर्देशन रहेको छ । भिडियोका लागि प्रोडक्सन डिजाइन, कस्ट्युम डिजाइन् र मेकअपको समेत जिम्मेवारी निर्वाह गरेकी निर्माता समेत रहेकी आना डुलुसले भिडियोको निर्देशन गरेकी हुन् ।