न्यायाधिश प्रकाश पण्डितको देशभक्ति भावको गीत सार्वजनिक 

काठमाडौं । न्यायाधीश प्रकाश पण्डितको देशभक्ति भावले ओतपोत भएको गीत मुटुभित्र सार्वजनिक भएको छ । गितकारका रुपमा आफ्नो परिचय बनाउँदै आए न्यायाधीस पण्डितले गीतमा रहेको मर्दा पनि मुटुभित्र नेपाल, भनेर लेख्न पाइयोस् जस्ता गीतहरु चर्चाको शिखर चुम्दै छ ।

गीतको म्युजिक भिडियोमा भने राजेश हमालको अभिनय गरेका छन् भने गायक थानेश्वर गौतमले स्वर दिएका छन्। पण्डितले गीत सार्वजनिक भएपछि यसले आफ्नो मुलुक नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्न आवश्यक भूमिका निर्वाह गरेको बताउछन् ।

गितकार पण्डितको गीतमा संसार भरि नेपालीलाई हाँसीखुृशी देख्ने रहर छ ‘ भनेर मुलुकमा समृद्धिको कामना गरिएको छ । बालबालिकाको मस्तिष्कमा नै राष्ट्रिय झण्डाको छाप पारिएको छ । यस्तै गीतमा वीरहरुको रगतले सिँचिएको मेरो प्यारो देश ‘।।भन्दै देशको महत्वलाई थप उजागर गरिएको छ । सो लय मार्फत यो देश सानोतिनो दुखले बनेको होइन भन्ने सन्देश दिइएको छ ।