हरिवंश आचार्यको जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म

काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन्। उनी एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन्। जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ।
जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा हरिवंश आचार्य, हेमन्त बुढाथोकी, दिपाश्री निरौला, प्रियंका कार्की, सरोज ओली, निर्मल शर्मा, कमलमणि नेपाल, सुरज सन्जेल लगायतको अभिनय रहेको छ।