काठमाडौंमा मेलम्ची राजनीति : पहिले राष्ट्रपतिले गरिन भोली प्रधानमन्त्रीले गर्नेछन उद्घाटन

काठमाडौं । २०४८ सालबाट शुरु भएको मेलम्चीको पानी राजनीति २०८० सालसम्म आईपुग्दा पनि गौरवकै योजना बनिरहेको छ । तात्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौ पखाल्ने भन्दै दिएको अभिव्यक्ति निकै चर्चामा नै थियो । करीव ३२ वर्ष काम हुँदा पनि गौरवको आयोजना भनिएको मेलम्चीको पानी जनताले खान पाएका भने छैनन् । दुईचार तीन दुईचार स्थानमा मेलम्चीको पानी बाँढेको जस्तो देखिएपछि अन्तत ः उही खानेपानी संस्थानले पानी बेच्न नपाएपछि पानी उद्योगसँगको लेनदेनले पनि पानी जनताको घरसम्म पुग्दैन ।

मेलम्चीको पानी वितरण गर्ने उद्घाटन हरेक प्रधानमन्त्रीको नियमित कर्म जस्तै बन्ने गरेको छ । केपी ओलीले प्रधानमन्त्री हुँदा भृकुटी मण्डपमा तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर दुईचार दिन भृकुटी मण्डपमा मेलम्चीको पानी झार्ने काम भयो । तर त्यो धेरै दिन टिक्न सकेन ।

राष्ट्रपतिले भव्य कार्यक्रमका वीचमा मेलम्चीको पानीको उद्घाटन गरेको भृकुटी मण्डपको धारा अहिले जुत्ता मेलाले छोपिदिएको छ । भोली माघ १ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी वितरणको उद्घाटन गर्दैछन् । मेलम्चीको पानी केवल राजनीतिको एउटा महत्वपूर्ण कडी जस्तै बन्न थालेको छ । जनतालाई बेवकुप बनाउने यस्ता उद्घाटन पटक पटक किन गरिन्छ ? उद्घाटन एक पटक गरिन्छ कि पटक पटक गरिन्छ ?

काठमाडौंमा पानीको राजनीति वन्द गरिनु आवश्यक छ । अहिलेसम्म पानी खान नपाएका, धारामा हावा मात्र आएका धाराको पानी सहित ढलको समेत रकम असुल्ने काठमाडौ उपत्यका खानेपानी लिमिटेडलाई जनतासँग पानीको रकम जरिवाना सहित लिने अधिकार छ । तर विडम्वना जनताले धारा जोडेपछि हावा आएपनि पानी र ढलको समेत भुक्तानी गर्नु पर्ने अवस्था छ ।

त्यसकारण प्रधानमन्त्रीहरुले पानीको राजनीति गरेर उद्घाटन गर्नु भन्दा जनताले सेवा पाएका छैनन भने त्यस्तो बस्तुको सेवा शुल्क लिन वन्द गर्न सक्नु पर्दछ ।
जवसम्म जनताले जर्वजस्ती रुपमा डरले कर तिर्नु पर्ने अवस्था आउँछ तवसम्मको सरकारलाई जवाफदेही सरकारका रुपमा स्वीकार्न सकिने देखिँदैन ।