बालेनले गरे कोइरालालाई कार्वाही, के थियो महानगरमा सितारामको कर्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यपालिका वैठकले गर्दै नगरेको निर्णयलाई किर्ते गरेर कर्मचारी नियुक्ति गर्ने काम गरेपछि विदामा बस्न भन्दै त्यसमा संलग्न ३ जना कर्मचारीलाई निलम्वन गरेका थिए । अधिकारी विदामा बसेसँगै वरियताका क्रममा अघि रहेको महानगरको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले लामै समय निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा का पनि गरे ।

तर उनै सिताराम कोइरालाले वसन्त अधिकारी जस्तै महानगर प्रमुख बालेन्द्रलाई झुक्याउन सफल त भए तर धेरै दिन भने टिकेन । काठमाडौं महानगरपालिका वडा नम्बर १० पुरानो वानेश्वर स्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय संचालन गर्न कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए ।

तर शिक्षा समितिले त्यस मितिमा सो निर्णय गरेको थिएन । महानगरप्रमुख बालेन्द्र शाह अध्यक्ष रहेको सो समितिले गर्दै नगरेको निर्णयलाई सितारामले समितिको निर्णय भन्दै पत्र पठाएका थिए । प्रमुख बालेन्द्रकै अध्यक्षतामा बस्ने समितिको वैठकमा हुँदै नभएको निर्णय भएको भन्दै किर्ते काम गरेकाले उनलाई विदामा बस्न भनिएको प्रमुख सचिवालय सदस्य भूपदेव शाहले बताए ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ । महानगरपालिकाबाट निर्णय नै नभएको र फर्जी कागजका भरमा विज्ञान संकायमा पढिरहेको विद्यार्थीहरुको भविष्य अव के हुन्छ भन्नेमा कसैले पनि चासो दिएका छैनन ।

शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि हुँदै नभएको निर्णय भएको भन्दै पत्र दिएकै कारण रत्नराज्य माविले विज्ञान संकायमा विद्यार्थी भर्ना गरेको थियो । भर्ना भएर बढिरहेका विद्यार्थीहरुको पढाईले वैधता पाउला कि पाउँदैन मुख्य प्रश्न बनेको छ ।

महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्य हुँदा पनि कोइराला राजनीतिक शक्तिको आडामा काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख भएर आएका थिए । त्यसबेला पनि उनले शाक्यलाई पनि यसैगरी झुक्याएरर कागज कीर्ते भएको भेटिएपछि हटेका व्यक्ति हुन् । महानगरको शिक्षा विभागमा भएको बजेटमा आँखा गाढेका कोइरालाले महानगर आउन पटक पटक प्रयास गरिनै रहेका थिए । तर सकेका थिएनन् । पछिल्लो पटक भने महागनरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मोटो रकम बुझाएर त्यहाँ कार्यरत अवकाश प्राप्त हुन करीव २ महिना जति वाँकी रहेका शिक्षा प्रमुख रामप्रसाद सुवेदीलाई हटाएर आउन सफल भएका थिए ।
रामप्रसाद सुवेदीलाई सरुवा गर्न सफल भएका कोइराला र वसन्त अधिकारीको जोडी निकै नै मिलेको थियो । उनीहरुको उठवस शिक्षकहरुको सरुवा, समायोजना देखि वडा सचिव सरुवासम्म मिल्दै गएको थियो । छेपारे स्वभावका वसन्त अधिकारीलाई भजाएर कोइरालाले प्रमुख बालेन्द्र शाहले ल्याएको १० प्रतिशत छात्रबृत्तिमा पनि निजी विद्यालयहरुसँग आर्थिक लाभ लिएर निजी विद्यालयहरुको स्वार्थ अनुरुप काम गरेका थिए ।

त्यत्तिमात्र कहाँ हो र वसन्त सीताराम जोडीले महानगरलाई ध्वस्त पार्ने र आर्थिक रुपमा आफूहरुलाई अव्वल बनाउने काममा अगाडि नै थिए । सिताराम शिक्षा प्रमुख भएर आएदेखि गरेको तालिम तथा अन्य नाममा गरेको खर्च नियम विपरित मात्र होइन कमिशन महत्वपूर्ण कडी नै बनेको थियो । उनले विद्यालयहरुलाई दिएको अनुदान र विभिन्न सामग्री खरिद गर्न समेत आफूले भनेको कम्पनीबाट खरिद गर्नका लागि समेत दवाव दिएका थिए ।

महानगरपालिका क्षेत्रभित्रका विद्यालयहरुका लागि आवश्यक सामग्री एकमुष्ट महानगरले टेण्डर प्रक्रियाका खरिद गर्नु पर्ने भएपनि वसन्त – सितारामको मिलेमतोमा विद्यालयहरुलाई निश्चित कम्पनीबाट खरिद गर्न लगाईएको शिक्षा विभाग श्रोतले बताएको छ । बेलैमा प्रमुख बालेन्द्र शाहले कोइरालाको कर्तुत थाहा पाएर विदामा बस्न लगाए अन्यया बालेन्द्र शाहको नाममा यिनको लुट धन्दा चलि नै रहन्थ्यो ।