जुम्लामा हिमपात, जनजीवन प्रभावित

जुम्ला । आज बिहानदेखि जुम्लामा फेरि पनि हिमपात परेको छ । अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो ।

बिहानैदेखि परेको हिउँले डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको साथै चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । अनियमित मौसमका कारण हवाई यातायात पनि बन्द रहेको छ ।

लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आए पनि चिसोक कारणले अस्पतालमा बिरामी बढ्न थालेका छन् । पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीका अनुसार अस्पतालमा रुघाखोकीका बिरामी को चाप बढेको छ ।