भ्रष्टाचारमा डामिएकादेखि बुरुण्डीको स्मार्ट फोनमा काम गर्नेसम्म प्राधिकरणको अध्यक्ष बन्ने दौडमा

काठमाडौं । लोकगायक पशुपति शर्माले गायको गीत जस्तै वन्दै गएको छ नेपालको नेतृत्वमा पुग्ने र पुग्न चाहनेहरुको अवस्था । दुरसञ्चारको नियमन गर्ने र नीतिगत एवं अदृश्य भ्रष्टाचारको अखडाका रुपमा रहेको दूरसञ्चार प्राधिकरण विगतदेखि अहिलेसम्म विवादबाट बाहिर आउन सकेको छैन । सोही विवादमा आईरहने र भ्रष्टाचारका लागि जनताले नपत्याउने सरकारी कार्यालयको कार्यकारी अध्यक्षा बन्न दौडमा यतिखेर विगतमा भ्रष्टाचारमा डामिएका व्यक्तिदेखि बुरुण्डी जस्तो अति भ्रष्टाचार हुने देशमा स्मार्ट मोवाईलमा काम गरेका व्यक्तिसम्म रहेको छन् ।
अहिले नेपाल दुर सञ्चार प्राधिकरणको अध्यक्ष बन्ने दौडमा २५ जना दृश्य वा अदृश्य कुशासनमा रमाएका व्यक्तिहरुले नै आवेदन पेश गरेका छन् । सत्ता र शक्तिको आडमा नेतृत्वमा पुग्ने र सरकारी सम्पत्तिको दोहन गर्नेहरु नै े देखिएका छन् ।

टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि गत पुस २४ गते तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए। त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग गदैै सार्वजनिक सूचना आव्हान गरेको यिो ।
खुल्ला आवेदन माग भएपछि माओवादी निकट रहेका डोलिन्द्रप्रसाद शर्माले पनि अहिले प्राधिकरणको अध्यक्षमा आवेदन पेश गरेका छन् । उनी साझा प्रकाशनमा आर्थिक अनियमितता गरेको आरोपमा २०७४ मा बर्खास्त गरिएका व्यक्ति हुन् । भने बुरुण्डीमा स्मार्ट मोवाईलमा सिइओ भएर काम गरेका रेखा शर्माबाट केही समय अघि मात्र सल्लाहकार नियुक्त भएका भुपेन्द्र भण्डारीले पनि अध्यक्षको दावेदार गर्दै आवेदश दिएका छन् ।

त्यस्तै उदयपुर सिमेण्ट कारखानामा निकै नै विवादित तत्कालिन महाप्रवन्धक अनिल झा पनि अहिले प्राधिकरणको अध्यक्ष बन्ने दौडमा लागेका छन् भने सरकारी सञ्चार माध्यम रेडियो नेपालमा बसेर आफ्नो व्यक्तिगत स्वार्थका लागि रेडियो नेपाल नै ध्वस्त बनाउन सफल भएका तात्कालिन कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि यतिखेर प्राधिकरणको अध्यक्ष बन्ने लिगलिगे दौडमा पुगेका छन् ।

अवौंको बजेट चलाउने र सञ्चार क्षेत्रलाई नियमन गर्ने संस्थाको कार्यकारी अध्यक्ष पद नियुक्तिका लागि ऐन र नियमावली अनुसार योग्यता नराखी सूचना प्रकाशन गर्नु आर्थिक स्वार्थ मिल्नेलाई नियुक्ति गर्न खोजिएको भन्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । दुरसञ्चार प्राधिकरण अदृश्य एवं नीतिगत भ्रष्टाचारको केन्द्र विन्दुका रुपमा चिनिँदै आएको छ ।