कर्जा असुलीमा अगाडि रहेको एनआइसी एशिया बैकको दावी

काठमाडौं । पछिल्लो समयमा एनआईसी एशिया बैकको कर्जा असुली तथा कर्जा गुणस्तरमाथि प्रश्न उठाउँदै आएका समाचारहरुको खण्डन गर्दै बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थामा आफूहरु अगाडि रहेको जनाएको छ ।
बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले विज्ञप्ति मार्फत बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको जनाएका छन् ।
खनियाद्धारा जारी विज्ञप्तिमा भनिएको छ कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, Overall Financial Indicators मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट अग्रस्थानमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।