व्यापारी अरुण चौधरी पक्राउ पछि व्यापारीहरु तिलमिलाउँदै, ठगी गर्ने व्यापारीको पक्षमा व्यापारी संघसंस्था

काठमाडौं । व्यापारी अरुण चौधरी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेपछि ठूलो व्यापारीहरु तिलमिलाउन थालेका छन् । अरुण चौधरीलाई पक्राउ गरी हिरासतमा राख्ने अदालतले आदेश दिएको छ भने प्रतिनिधिसभाका सांसद समेत रहेको उनका दाजु विनोद चौधरीलाई प्रहरीले खोजीको सूचिमा राखेको छ । यही बेला नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले विहिबार साँझ एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरी व्यापारी सरकारी जग्गा हडप्ने अरुण चौधरी र उनका समूहलाई पक्राउ गरेकोमा विरोध जनाएका छन् ।

पछिल्लो समय चौधरी लगायत ठूला व्यापारीहरुले राजश्व छली देखि सरकारी जग्गा हडप्ने काममा समेत मुछिँदै आएपछि व्यापारीहरुको संस्थाका प्रतिनिधिहरु तिलमिलाउन थालेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ होस वा परिसंघका पदाधिकारीहरु अघिकांश कुनै न कुनै ठगी अपराधमा मुछिएका छन् । त्यसकारण पनि उनीहरु अरुण चौधरीको पक्राउले आफूहरु पनि कुनै बेला पक्राउ पर्न सक्ने डरले पत्रकार सम्मेलन गरी सरकारको विरोधमा उत्रिएका हुन् ।

सरकारी १० रोपनी जग्गा हिनामिना गर्ने अरुण चौधरीलाई पक्राउ गर्दा विरोध गर्ने व्यापारीहरुको पनि सम्पत्ति शुद्धिकरण गर्नु पर्ने माग उठ्न थालेको छ । नेपाल उद्योग बाणिज्य महासंघले विज्ञप्ति नौ जारी गरी व्यापारीहरुलाई पक्राउ नगर्न आग्रह गरेको उल्लेख गर्नुले महासंघ स्वयं ठगी गर्नेहरुलाई प्रोत्साहन गरिरहेको छ भन्ने स्पष्ट हुन्छ ।

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चौधरीलाई पक्राउ गर्नु न्याय संगत नभएको बताए । राज्यको सम्पत्ति दोहन गर्ने चौधरीलाई पक्राउ गर्नु राज्यले न्याय नगरको भन्ने अग्रवालले पनि विगत छली काण्डमा मुछिएका व्यक्ति भएको आरोप लागेको छ । त्यसकारण पुराना फाइल निस्कने हो कि भन्ने आशंकमा परिसंघले एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेरै चौधरी बचाउने अभियानमा लागेको छ ।

अरुण चौधरी पक्राउ परेर अदालतले हिरासतमा राख्ने आदेश दिएपनि विरामीको बहानामा अस्पताल भर्ना भएका छन् । भने सांसद समेत रहेका विनोद चौधरीलाई पनि सरकारले तत्काल पक्राउ गरी हिरासतमा राख्नु पर्ने धारणा केही व्यापारीको छ ।