सरकार गठनको खेल, टुट्यो गठवन्धन

काठमाडौं । जनताका समस्या भन्दा पनि सत्ता जोगाउने खेलमा दलहरु लागेका कारण वर्तमान सरकारका गठवन्धन टुटेको छ । नयाँ सरकार बनाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठवन्धनको वैठक बसिरहेको छ । नयाँ गठवन्धनमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व छलफलमा जुटिरहेको छ । पुरानो गठवन्धन सरकार भत्काएर नयाँ गठवन्धन सरकार बनाउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लागेका छन् ।
कांग्रेस र समाजवादी पार्टीलाई सरकारबाट हटाएर आजै नयाँ मन्त्रीमण्डल पुर्नगठन हुने बताइएको छ ।