कांग्रेसलाई सडकमा फालेर एमाले सत्तामा

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा काँध चढेर सरकारमा गएको नेपाली कांग्रेस अन्ततोगत्वा सडकमा फालिएको छ । सत्तामा जानका लागि जस्तोसुकै कर्म गर्न पनि पछि नपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाकै कारण कांग्रेस सडकमा पुगेको हो । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेस माओवादीको बुइँ चढेर सत्तामा पुगेको थियो । आफ्नो इतिहासलाई विर्षिएर कम्युनिष्टसँगको सहकार्य केवल सत्ताका लागि मात्र पुगेको कांग्रेस सत्तामा बढारिएको छ ।
नेपाली कागे्रसले आफ्ेनो भूमिका विर्षिएकै कारण अहिले सत्ताबाट बढारिएको हो । नेपाली कांग्रेस सत्ता लिप्सामा देखिँदै गएमा आगामी ८४ सालमा प्रजापरिषद्को हैसियतमा पुग्ने देखिएको छ । कांग्रेसलाई प्रजा परिषद्मा पुग्ने गरी नेकपा एमालेले अहिले पुन : माओवादीसँग समिकरण गरेर सत्तामा पुगेको हो ।