काठमाडौं । केपी शर्मा ओली जहाजको नभएर बयलगाडाको पाइलट रहेको भन्दै नेकपाका युवा नेता विष्णु रिजालले व्यङ्ग्य गरेका छन्
नेता रिजालले प्रेस संगठनको कार्यक्रममा बोल्दै परिस्थितिले उच्चस्तरको संघर्षको माग गरेको पनि बताए।
ओलीले टेम्पुको होइन, जेटको पाइलट हो भनेका थिए एकताका बेलामा, उनले भने, तर एउटा पाइलट त बयलगाडाको पो परेछन्।
लोकतान्त्रिक आन्दोलनमा ओलीको भूमिका नभएको टिप्पणी थियो उनको।
२०६२/ ६३ को आन्दोलनमा केपी ओलीले आन्दोलनको नेतृत्व गरेको एउटामात्र फोटो मात्र देखाउनुस्। म आजै ओलीको पछाडि लाग्न तयार छु, रिजालले भने।
ओलीले केही दिन अघि पूर्व मन्त्री योगेश भट्टराईमाथि गरेको टिप्पणीप्रति पनि उनले आलोचना गरे। ५૪ वर्षको नेतालाई त ओलीले केटो भन्छन्। म केटाको तर्फबाट भन्न चाहन्छु, भन्दै उनले प्रतिगामी कदमको विरुद्धमा संघर्ष अनिवार्य भएको र ओलीसत्ता देशबाट बिदा हुनुपर्नेसमेत बताए
Add Comment