जिराभवानी काण्डका अभियुक्त प्रहरीको हातमा

वीरगञ्ज । गत मंसिर महिनाको २३ गते पर्सा जिल्ला स्थित जिराभवानी गाउँपालिकाको वडा नं ४ सुपौलीमा दलित वस्तीमा प्रवेश गरी २० युवती सबिता कुमारी रामलाई जबरजस्ती करणी गर्न खोज्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

 

उक्त गाउँका काशी महतो थारु र विन्दानन्द थारुले ती युवती माथि जबरजस्ती करणी गर्ने योजना बनाएका थिए ।

 

गत मंसिर २३ गते यूवती घरमा एक्लै भएको मौका छोपी थारुद्वयले पिडित यूवतीको घरपरिवारलाई अनावश्यक दवाब दिने र धम्कीपूर्ण भाषा प्रयोग गरी गाउँबाटै छोडाउने चेतावनी समेत दिँदै आएको समाचार प्राप्त हुन आएको छ । हाल प्रहरीमा किटानी जाहेरी परेपछि दुईजनालाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ ।