९.४९ प्रतिशत स्थिर व्याजमा ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना

काठमाडौं । ९.४९ प्रतिशत स्थिर व्याजदरमा ग्लोबल आइएमई बैंकल ग्रिन ड्राइभ योजना ल्याएको छ । यो योजना अन्गर्तत विद्युतीय सवारी साधन गरिद गर्नेहरुका लागि कर्जाको स्थिर
कर्जा रहेको छ । ग्लोवल आईएमई बैकले विद्युतीय सवारी साधान प्रवद्र्धन गर्न न्यूनतम व्याजदरको सो योजना सार्वजनिक गरेको हो ।

ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९।४९ प्रतिशतदेखि ९।९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।

कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ वैकले जनाएको छ । न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराख्नु भएका महानुभावहरुलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।