प्रजातन्त्रवादी र मानवअधिकारकर्मीको एउटै स्वर कुनै पनि किसिमको निरंकुशता सैह्य हुँदैन

काठमाडौं । नेपालका सक्रिय मानवअधिकारकर्मी र प्रजातन्त्रवादी नेताहरुले एउटै स्वरमामा भनेको छन् कुनै पनि किमिसको निरंकुशता सह्य हुँदैन । हब व्रोडकास्टिङको आयोजनामा शुरु गरिएको ‘न्यायका लागि वहश’ खुल्ला अन्तरक्रिया कार्यक्रममा मानवअधिकारकर्मीहरुले सो कुरा उठाएका हुन् । विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकारको रक्षार्थ सञ्चार वकालतका लागि न्यायका लागि वहश कार्यक्रममा अधिकारकर्मीहरुले सो कुरा उल्लेख गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभाका संसद प्रदीप पौडेलले न्यायका कुरा प्राथमिकतामा पर्ने गरेको भएपनि कार्यान्वयन हुन कठिन भएको बताए । दलका नेतृत्वहरु आफ्नो स्वार्थ अनुकूल अगाडि बढेका कारण पनि जनताले चाहेको जस्तो न्यायिक काम हुन नसकेको र नागरिकहरुले प्रजातन्त्र र मानव अधिकार नै संकटमा पर्दै गईरहेको हो कि भन्ने आशंक गर्न थालेको बताए ।

सांसद पौडेलले विश्व परिवेशलाई हेर्ने हो भने नेपालमा पनि मानवअधिकार हनन्का घटना बढ्दै गईरहेको, सत्ताका लागि निरंशुकता बढ्दै गईरहेको वर्तमान परिप्रेक्ष्यमा प्रजातन्त्र छ भनेर भन्नुमा प्रश्य उब्जिएको बताए ।

लागि प्रजातन्त्र र मानवाधिकार अनिवार्य सर्त हो । अझै प्रजातान्त्रिक मुलुक वा क्यूवा, लाओस, भियतनाम, नर्थ कोरिया, भेनेज्वेयलाजस्ता देशहरुमा मानवाधिकारको चरम उल्लंघन भइरहेका समाचार दिनहुँ सुनिरहेका छौं भन्ने प्रश्नमा मावनअधिकारकर्मी गौरी प्रधानले प्रजातन्त्र र मानवाधिकारका तीन दशक अघिदेखि उठाएका मानवअधिकारका आवाजहरु अहिले पनि उस्तै भएको र प्रजातन्त्र र मानवअधिकारको सुरक्षाका लागि राज्य नै अलमलिएको हो कि भन्ने शंका पैदा भएको बताए ।

क्यूवा, लाओस, भियतनाम, नर्थ कोरिया, भेनेज्वेयला र बाँकी विश्वमा मुलुकमा प्रजातन्त्र र मानवाधिकारको स्थितिका बारेमा डकुमेन्ट्री, यूट्यूवमार्फत प्रजातन्त्र र मानवाधिकारको वकालत गर्दै आएका डाङकुक युनिभर्सिटीका ग्राजुयट योसुङ पार्क विश्व व्यापी रुपमा र आफ्नो परिवार र आफूले भोगेको घटना सुनाउनु थिए ।

उत्तर कोरियामा बढ्दै गईरहेको मानवअधिकार हनन्का घटनामा सवै तहबाट आवाजा उठाउनु पर्ने धेरै उपस्थित वक्ताहरुको धारणा थियो । अधिकारकर्मी कपिल काफ्लेले उत्तर कोरियामा मानव अधिकार हनन् हुँदा कोही पनि नबोल्ने गरेको संकेत गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेकी अधिकारकर्मी मोहना अन्सारीले विश्व परिवेशमा मानव अधिकारका कुरा कोट्याउनु हुँदै नेपालमा सन्दर्भमा आफ्नो भनाई राख्नु भएको थियो । त्यस्तै कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रमुख डा राजेश अहिराज, मानवअधिकारकर्मी कपिल श्रेष्ठ, भवानी खरेल, अधिवक्ता स्वागत नेपाल, अधिवक्ता विपी अधिकारी, परराष्ट्रविद दिनेश खनाल नेपाल सरकारका उपसचिव शम्भु देव लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।