बढ्दै छ डिजिटल कारोकार, ह्याकरका कारण जोखिमा रकम

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसँगैसँगै बैंक तथा वित्तीय संस्थाबाट हुने मोबाइल बैंकिङ, कनेक्ट आईपीएसलगायतका डिजिटल कारोबार पनि दिनादुदिन बढ्दै गएको छ । यसले प्रविधिको पहुँच र आर्थिक कारोबारलाई जसरी सजिलो बनाईरहेको छ । त्यसैगरी असुरक्षा पनि उत्तिकै निम्त्याईरहेको देखिन्छ । नेपाल राष्ट्र बैकको अनुगमन, बैकहरुले आर्थिक कारोबारका लागि प्रयोग गर्ने विद्युतीय उपरकरण तथा एप्सहरुको सुरक्षा र गुणस्तरीयतामा ख्याल नगर्दा यो अवस्था आएको छ । त्यस्तै व्यक्ति स्वयंले पनि आफूले प्रयोग गर्ने सुरक्षा कोड गोप्य राख्न नसक्दा पनि वैक खातामा ह्याकरको निशानामा पर्ने क्रम बढ्दै गईरहेको छ ।

पछिल्लो समय नेपाल प्रहरीको साईवर व्यूरो तथा बैकहरुमा पर्ने गरेको उजुरीका तथ्यांकलाई मात्र हेर्ने हो भने पनि खातावालाहरु अहिले ह्याकरका निशानामा छन् । डिजिटल वैकिङ्ग कारोबारको प्रशस्त मात्रामा जनचेतना अभिबृद्धि नहुन, वैकहरु एक आपसमा प्रतिष्पर्धा गर्ने नाममा कमजोर एप्स निर्माण कार्यलाई तीव्रता दिनुले पनि यो अवस्था आएको साईवर सुरक्षामा कार्यरत विज्ञहरु बताउँछन् ।

प्रविधिको प्रयोगसँगै काजनी नोटको प्रयोगलाई न्यूनिकरण गर्नका लािग डिजिटल रुपमा आर्थिक कारोबार जसरी आकर्षक वन्दै गईरहेको छ । त्यसलाई नियमन र सुरक्षित गर्न नसके ह्याकर, वैक र स्वयं खातावालाहरुको कारण जोखिम पनि उत्तिकै बढ्दै गईरहेको छ ।
पछिल्लो अवस्थामा हेर्ने हो भने वैकहरुबाट ह्याकरहरुले सजिलै रकम ट्रान्सफर गर्नुले नेपालका वैकहरुले अपनाएका विद्युतीय कारोबार कति सुरक्षित छ भन्ने कुरामा शंका उब्जिन थालेको छ ।