नयाँ पुरानै सवै दल सत्ताका लागि जे गर्न पनि तयार छन् : प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदको चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्नेकुरा मात्रै लोकतन्त्र नभएको भन्दै राजनीतिक दलका लागि सत्तामात्रै महत्वपूर्ण भएको खुलासा गरेका छन् । हव ब्रोडकास्टिङद्धारा आयोजित विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालतका ‘न्यायका लागि वहश’ कार्यक्रममा बोल्दै उनले दलहरु सत्तका लागि मात्र संघर्ष गरिरहेको खुलासा गरेका हुन् ।

प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसले जसरी आफूलाई क्रियाशील गराएको थियो, तर अहिले कुनै पनि दलका लागि सत्ता नै सबैथोक भएको पौडेलको भनाई थियो । नयाँ राजनीतिक दल हुन् वा पुराना राजनीकि दलहरु सबैका लागि सत्ता नै सबैथोक भएकोले यसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने पौडेलले प्रष्ट पारे । विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगेमात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद् भएको उनको धारणा थियो । तस्वीर : चन्द्रमणी भट्टराई