कैलास सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुर पब्लिकेशनमा, अन्तरिम आदेशका लागि हार गुहार माग्दै सिरोहिया

काठमाडौं । दिन यस्तो पनि आउँदो रहेछ, सँधै अरुलाई खेदो खन्ने कान्तिपुरका साहु कैलास सिरोहिया आज आफै सामाजिक सञ्जाल मार्फत वर्तमान गृहमन्त्रीको आदेशमा प्रहरीले आफूलाई पक्राउ गर्न पक्राउ पूर्जि सहित प्रहरी कार्यालय पुगेका भन्दै रोइकराई गर्न थालेका छ । विगतमा जनचासोका विषयलाई प्राथमकिता नदिने कान्तिपुर पछिल्लो समय डिजिटल प्लेटफर्म मार्फत अनलाइन मिडियाहरुले जनचासोका विषयहरुलाई जनता माझ ल्याउँदै गर्दा उनको दोहोरो नाकरिकता सम्वन्धी समाचार एक अनलाईनले प्रकाशन गरेको थियो ।

सिरोहियाको नागरिकतामा कैफियत रहेको भन्दै प्रहरीले उनीमाथि छानविन अघि बढाउने क्रममा पक्राउ पूर्जि सहित कान्तिपुर पब्लिकेशन पुगको उनले भिडियो सन्देश मार्फत आफ्ना शुभचिन्तकलाई जानकारी गराएका छ ।

भिडियो सन्देशमा सिरोहियाले आज कान्तिपुर दैनिका छापिएका गृहमन्त्री रवि लामिछानेसँग सन्दर्भित समाचार देखाउँदै सहकारी सम्वन्धि समाचार प्रकाशन गरेकै कारण लामिछानेले आफूमाथि प्रतिशोध साँधेको समेत बताएका छ । उनलाई पक्राउ गर्न प्रहरीले मंगलबार जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र पनि लिएको थियो । जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् ।