रिपोटर्स क्लब अमेरिकाको केन्द्रीय साधारण सभा जुलाई महिनामा

काठमाडौँ । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरूको साझा संस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रीय साधारण सभा आगामी जुलाई महिनामा आयोजना हुने भएको छ । शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकले क्लबको केन्द्रीय साधारण सभा आगामी जुलाई महिनामा टेक्ससको ड्यालसमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
‘ क्लबका अध्यक्ष किशन रेग्मीका अनुसार केन्द्रीय साधारण सभाको तयारी तथा अतिथिको टुङ्गो लगाएपछि अर्को बैठकबाट मिति तय गरिनेछ।’
केन्द्रीय साधारण सभामा नेपाल तथा अमेरिकाबाट समेत अतिथि आउने  बताए ।  दुई वर्ष अघि स्थापना भएको क्लबमा पूर्व पत्रकार तथा सक्रिय पत्रकार गरी ४५ बढी पत्रकारहरूको आबद्धता रहेको छ ।
 रिपोटर्स क्लब अमेरिकालाई पूर्व तथा सक्रिय पत्रकारहरू, मिडियाका जानकारहरू, मिडिया पढी रहेका बिद्यार्थीहरुको साझा मञ्चको रूपमा विकास गरिरहेको रेग्मीको भनाई छ। । क्लबको नयाँ सदस्यता लिन चाहनेहरू तथा नबिकरण गर्न चाहनेहरुले आगामी जून महिनाको १५ तारिख भित्रमा सदस्यताको लागि आवेदन दिन सक्नेछन् ।