दलहरुवीच सहमति गरी संघीयता खारेज गर्नु पर्ने लिङ्देनको भनाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् । उनले आफ्नो पार्टीको कार्यसमिति वैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा सो कुरा बताएका हुन् । नेपाल जस्तो जनसंख्या र भूगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न सक्दैन ।

आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक भएको धारणा राखेका थिए । उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलब भत्ता ख्वाएर पाल्न नसक्ने समेत आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको बताए ।