रोमानियामा वैदेशिक प्रवासी नेपाली सङ्घ गठन भण्डारी संयोजक

काठमाडौँ । रोमानियामा रहेका नेपालीहरूको मङ्गलवार सम्पन्न भेलाले  तुलसीराम भण्डारीको संयोजकत्वमा वैदेशिक प्रवासी नेपाली सङ्घ  गठन गरेको छ ।

सङ्घको सह संयोजकमा मनीष मगर, महासचिवमा सुमन मोक्तान  र सचिवमा परी रिजाल अधिकारी  रहेकी छन् । त्यसैगरी सङ्घको  आर्थिक संयोजकमा बुद्ध  राउत ,सांस्कृतिक संयोजकमा टीका माझी , खेलकुद संयोजकमा लेखनाथ कटुवाल ,सञ्चार संयोजकमा सन्तोष चौलागाईं र शरद लम्साल सह सञ्चार संयोजक  चयन भएका छन् ।

छिरिङ शेर्पा , राहुल परियार , आयुश तामाङ  सदस्य रहेको सङ्घको  सल्लाहकारमा शुक लाल गदाल   , सचित अधिकारी   र रबी थापा (काजी)वरिष्ठ  सल्लाहकार रहेका छन् ।

पोल्यान्ड निवासी अभियन्ता मित्रलाल पार्देको परिकल्पनामा अघि बढेको  सङ्घ करिब एक सय देशमा राज्य समिति बनेपछि बल्ल अन्तर्राष्ट्रिय समिति बन्ने छ ।