गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ ग्रहण

कास्की । अदालतको आदेशबाट नवनियुक्त गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छ । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज शपथ ग्रहण गरेका हुन् । पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।

यस्तै, मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पाण्डेको मन्त्रिपरिषद्‌मा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बन्नुभएको हो । कास्कीका बिन्दु थापाले सामाजिक विकास, ऊर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।