राजनीतिक आडमा सञ्चालक नियुक्ति खाएका कर्ण पद सकिए पछि अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैकका पूर्व सञ्चालक साुवोध कुमार कर्णलाई घुस मागेको आरोपमा बयानका लागि झिकाएको छ । २०७६ सालमा चौधरी ग्रुपको लगानी लेखाङ्कन नभएको लगायतको विषय सल्टाइदिने भन्दै कर्णले घुस माग गरेको आरोप लागेको थियो । चौधरी ग्रुपसँग घुस रकम माग गरेको आरेपामा उनलाई बयानका लागि झिकाईएको हो ।

राष्ट्र बैंकको संचालक रहँदा उनले व्यवसायीसँग घुस लिएको तथा माग गरेको विषयमा अनुसन्धान गरिरहेको छ । अख्तियारका अनुसार व्यवसायिक घरना सम्बद्ध व्यवसायीसँग घुस मागेको भन्ने व्यहोराको उजुरीको आधारमा उनलाई बोलाइएको हो ।

पेशाले सीए कर्ण नेकपा माओवादी तथा नेकपा एकिकृत समाजवादीका केहि नेताको नजिक मानिन्छन् । सोही शक्तिका आधारमा राष्ट्र बैंकको संचालक बनेका थिए ।
केही समय अघि उनी महालेखापरीक्षकको समेत उनी प्रतिस्पर्धामा थिए । तर उनले नियुक्ति भने पाएनन् ।