‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ उद्घाटन पश्चात हस्तान्तरण

काठमाडौं । पाकिस्तानी राजदूतावासलेको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ को उद्घाटन पश्चात हस्तान्तरा भएको छ । नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले सो पार्क उद्घाटन गरेका हुन् । कार्यक्रममा राजदूत हाश्मीले काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क सञ्चालन गर्न पाएको खुशी व्यक्त गर्दै पार्कले दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा काम गर्ने बताए ।
उनले पाकिस्तान र नेपालका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताउँदै द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगी प्रयासमा जोडिएको बताए ।

पार्क हस्तान्तरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङ, बूढानीलकण्ठ नगरपालिकाका उपमेयर श्रीमती अनिता लामा, , बूढानीलकण्ठका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतको उपस्थिति रहेको थियो ।