आईतबार १० बजेदेखि १ बजेसम्म मुग्लिन आँवुखैरनी सडक वन्द हुने

काठमाडौं । सडक मर्मत गर्नुपर्ने भएका भन्दै त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आइतबार तीन घण्टा बन्द हुने भएको छ। बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले सूचना जारी सर्वसाधारणलाई जानकारी दिएको छ ।

उक्त चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो तीन घण्टा सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ।

ताजा अपडेट