इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सर्लाहीस्थित बरहथवा वितरण केन्द्रका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई सेवाग्राहीसँग ८ हजार रुपैयाँ अतिरिक्त रकम लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पाण्डेले विद्युत मिटरको क्षमता वृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचना आधारमा अख्तियारको शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले चाहिनेभन्दा बढी ८ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको देखिएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।