संखमुुलको संसार सहकारीबाट लाखौंको चोरी

काठमाडौं । मंगलबार राति संखमुुलको संसार सहकारी संस्थाबाट दुई लाख २४ हजार रुपैयाँ बराबरको चोरी भएको छ । प्रहरीले बताए अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद दुई लाख २४ हजार रुपैयाँ बराबर चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी गरिरहेको छ ।