आज ३२ अंकले बढेर बन्द भयो सेयर बजार

काठमाडौं । सेयर साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ७.०९ अंकले बढेर ४६०.०३ विन्दुमा पुगेको छ।

हिजो बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा पुगेर बन्द भएको थियो। कारोबार रकम भने बुधबारको तुलनामा कम भएको छ। बुधबार १६ अर्ब २० करोडको सेयर कारोबार भएको थियो।

आज ३२० स्क्रिप्सको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँमा खरिदबिक्री भयो। दोहोरो अंकले बढेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

उपकार लघुवित्त वित्तीय संस्था,जीव विकास लघुवित्त वित्तीय सुंस्था र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएका १४२ स्टक्सको मूल्य बढ्दा ९७ वटाको घट्यो। बाँकि ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।

सातवटा समूहको उपसूचक सकारात्मक देखिदा चारवटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन् भने डेभलपमेन्ट,हाइड्रोपावर,इन्भेस्टमेन्ट र अदर्श समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक वृद्धि भएको हो।

ताजा अपडेट