कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएको छन् । प्रदेश प्रमुख नजिर मियाँले नेपाली काँग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाह मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनलाई काँग्रेस र एमालेको समर्थन रहेको छ ।

शाह यसअघि २०७९ माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका थिए। त्यतिबेला उनले करिब १४ महिना सरकारको नेतृत्व गरेका थिए । केन्द्रमा काँग्रेस र एमालेको नयाँ सत्ता गठबन्धन बनेपछि शाहलाई दोस्रो पटक प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको चार महिनाभित्रै सत्तामा फर्किएका शाहले बजेट ल्याउने काम सरकारको प्राथमिकतामा रहने बताए ।