डा बाबुरामको समाजवादी पार्टी विभागिय प्रमुख तोकिए आर्थिक हिसिला यमीलाई

काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्दै गर्दा पार्टी अध्यक्ष भट्टराईकी श्रीमती हिसिया यमीलाई भने आर्थिक विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार पार्टीले विभिन्न जनबर्गिय संगठन मार्फत प्रभावकारी ढंगले संगठन विस्तार गर्न जिम्मेवारी तोकिएको हो ।

सो पार्टीको सङ्गठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान तोकिएका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुखमा दुर्गा सोव र आर्थिक विभाग प्रमुखमा हिसिला यमि तोकिएकी छन् । त्यसैगरी १२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज, विज्ञ परिषद्‌मा सदस्य थप र आयोगका पदाधिकारीको जिम्मेवारी समेत तोकिएको सो पार्टीले जनाएको छ ।