चीन बिज्ञ खनाल नेपाल -चीनमैत्री राजदूत घाेषणाा

काठमाण्डाै । चीन सरकारकाे छिङताव प्रान्तमा नेपालका चीन बिज्ञ दिनेश खनाललाई एक समाराेहबीच चीन मैत्री राजदूत घाेषणाा गरिएकाे छ ।
करिव तीन दशकदेखि नेपाल चीनकाे सम्बन्ध सुधार, मैत्री लगानी एवं दुईदेश बीचकाे आन्तिरक सम्बन्ध सुधार गर्न विशेष याेगदान पुर्याउनु भएका खनाललाई चिनियाँ सरकारले साे पदकाे जिम्मेवारी दिएकाे हाे ।
संघीय संरचना पश्चात् नेपालकाे प्रादेशिक सरकारहरूबीच मैत्री सम्बन्ध एव लगानी बढाउन समेत उल्लेखनिय याेगदान पुर्याउँदै आईरहनु भएका खनाललाई बुधबार  राजदूत घाेषणा गरिएकाे हाे ।
बिगतमा चीनका लागि नेपाली राजदूतका रूपमा चर्चामा आएर पनि नियुक्ति नपाउनु भएका खनाललाई नयाँ सरकारले नया राजदूत नियुक्ति गरेकाे केही दिनमा नै नेपाल चीन मैत्री राजदूत घाेषणा गरेकाे हाे ।
राजदूत घाेषणाका क्रममा बाेल्नु हुँदै खनालले चिन र नेपालकाे सम्बन्ध प्रगाढ तथा चिनियाँ लगानी भित्र्याउन आफू निरन्तर सक्रिय रहनुका साथै आगामी दिनमा उच्च सम्बन्ध कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनु भयाे ।