‘मिसन ८४’ लक्षित कार्यक्रम ल्याउन विहिबार एमालेको सचिवाल वैठक बस्दै

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आमनिर्वाचन २०८४ लक्षित तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ । यसबारे निर्णय लिन एमालेले आज १ बजे सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालयको हिजो बसेको बैठकले पार्टीको आगामी कार्यक्रमबारे सचिवालयले निर्णय गर्ने गरी कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ ।

मिसन ०८४ को अभियान अन्तर्गत एमालेले गत असारसम्म एकवर्षे विशेष अभियान चलाएको थियो । तेस्रो चरणको अभियानमा नेताहरुलाई आफ्नै भूगोलको जिम्मा दिइनेछ भने सचिवालय बैठकबाट ती नेताहरुले गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।