नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका(१) भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गैंडाकोट९११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् ।

ठक्करबाट घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।