हावामा पनि डलरको खेल, जनतामाथि किन हुन्छ झेल

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खेल पनि विचित्र कै छ । कुनै न कुनै रुपमा डलरको खेल भईनै रहेको देखिन्छ । दातृ निकायहरुले नेपाली जनताको आवश्यकता भन्दा पनि आफ्नो स्वार्थ अनुकूल परियोजना सञ्चालन गर्दै आईरहेका छन् । अनि अर्थ मन्त्रालय र नेपाल सरकारले पनि विदेश भ्रमण गर्न पाईने लोभमा जस्तो सुकै परियोजनालाई पनि स्वीकृत दिने गर्दछन् । करोडौं रुपैयाँका त्यस्ता परियोजना नेपालीको थाप्लोमा देखाएर तिनै विदेशी कन्सल्टेन्सी मस्त गरिरहेका छ ।
प्रसंग हो नेपालमा हावा परियोजना । नेपाल स्थित अमेरिकन सहयोग नियोगले युएसएआईडी नाम संस्थाले हावा परियोजना भन्दै करोडौं खर्च गरिरहेको छ । तर त्यसबारे केही व्यक्ति र संस्था बाहेक आम नागरिकसँग कुनै सरोकार नै राखेको देखिँदैन ।

हामीले श्वास फेर्ने हावा कै कारण नेपालमा मात्र दैनिक वार्षिक १ सय ३० जनाले ज्यान गुमाउँने गरेका छन् । पछिल्लो समय वायु प्रदुषण बढ्दै कारण विषात्त हवामा श्वास फेरेकै मानव स्वास्थ्यमा परेको असरले स्वास्थ्य समस्या मात्र नभएर मानव जीवन नै छोटो समेत बनाएको छ ।

श्वास प्रश्वासविना मानव जीवनको परिकल्पना गर्न सकिन्न । हावा अर्थात प्राणवायु यसविना जिवित रहँदैन मान्छे । तर, जीवन जिउनका लागि हामीले श्वासको माध्यबाट लिने हावा नै दुषित बन्दा हाम्रो आयु समेत कम हुदै गएको छ । विश्वको तथ्यांक केलाउँने हो भने दुषित हावाकै कारण वर्षेनी ७१ लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

नेपालमा पनि दुषित हावाका कारण वर्षेनी ४८ हजार पाँच सय जनाले ज्यान गुमाउँने गरेको तथ्यांक छ । यो अनुपातलाई हेर्दा नेपालमा वर्षेनी १ सय ३० जनाको मृत्युको कारण दुषित हावाको कारण हुने गरेको छ।

दुषित हावामा गर्भवती महिलाले श्वास फेर्दा पेटमा विकास हुदै गरेको भूणमा समेत यसले असर पार्ने गर्दछ । दुषित हावाले वयस्कको तुलनामो शिशु बालबालिका तथा वृद्धवृद्धालाई बढि असर पार्ने चिकित्सक बताउँछन् । साथै प्रदुषित हावामा श्वास फेदा बालबालिकामा श्वास प्रवास सम्बन्धित समस्या, क्यानसर लगायत रोग मात्र नभएर मानसिक समस्या समेत पार्ने चिकित्सकको भनाई छ ।

घर बाहिरको दुषित हावाले स्वास्थ्यमा पार्ने असर एक तर्फ छदैछ । अर्को तर्फ घरभित्र हुने विभिन्न क्रियाकलापका कारण पनि घरभित्रको समेत हावा थप दुषित बन्ने गरेको छ ।

विशेष गरी गाउँघरमा माटोको घरका साथै खाना पकाउँन समेत काठ दाउरा बालेर खाना पकाउने भएकाले यसको प्रत्यक्ष प्रभावमा विशेषगरी महिला, बालबालिका र बुढाबुढी पर्ने विज्ञ औलाउँछन् । घर बाहिरको प्रदुषण विकास निर्माण तथा आधुनिकरणकासंगै विकास भएका उद्योग, कलकारखाना, मोटरगाडीबाट निश्कने धुवा, धूलोका कारण वायुको स्तर खस्काउँदै गएको छ । यसरी विभिन्न कारणले वायुको स्तर घट्दै जादाँ विषात्त हावाकै कारण, विश्वभरका मानिसको १ वर्ष ८ महिना औसत आयु घटेको समेत विदेशमा भएको अध्ययनले देखाएको छ ।
तर अमेरिक सहयोग नियोगले भने काठमाडौंको हाँडीगाउँ, स्वयम्भु जस्ता केही स्थानमा बसेर आफ्नो स्वार्थ पूरा गरिरहेको देखिन्छ । हावामा डलरको खेल गर्दै जनतामाथि झेल गरिरहेको काठमाडौं महानगरपालिका वडा नं. ५ का जनप्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
हाँडी गाउँ सम्पदाको क्षेत्र हो । सम्पदानको कुरा गर्नु पर्छ हावाको कुरा आवश्यक छैन । तर खै हावाको परियोजना सञ्चालन भईरहेको छ । लिच्छवीकालिन हाडीगाउँमा ‘हावाको कुरा’ भन्ने परियोजना जनताको थाप्लोमा ऋणको भारी जस्तै हो, उनको आरोप छ ।