काठमाडौं । रवि लामिछाने यतिखेर सहकारी ठगी प्रकरणमा कहिले पोखरा त कहिले भैरहवा पुगेर जिल्ला अदालतमा वयान दिने र हिरासतमा बस्ने मै व्यस्त भएका छन् । सञ्चारकर्म, विदेशी श्रमिक हुँदै पुन सञ्चारकर्ममा फर्केर राजनीति गरेका उनलाई अहिले उनले नै मानिआएका शीर्षस्थ नेताहरुका कारण मानसिक रुपमा विक्षिप्त बनाईँदै छ ।
रवि लामिछानेले स्वतन्त्र रुपमा राजनीति गर्ने भन्दै स्वतन्त्र पार्टी गठन गरेको छोटो समयमा नै लामो समय संघर्ष गरेका दलहरु भन्दा बढी विश्वासका साथ निर्वाचनमा मत पाए । त्यही मतका आधामार यो देशको उपप्रधान सहित गृहमन्त्री बन्न सफल भए । उनलाई त्यही बेला नागरिकता काण्डमा जेल हालियो । मुद्दा जिते । पुनः निर्वाचतमा पनि उनले सानदार मतले आफूलाई निर्वाचित गराउन सफल भए । फेरि उनले गृहमन्त्री नै जिम्मेवारी पाए ।
रवि लामिछानले राजनीतिमा छिरेर के गरे भन्दा पनि उनले जनताको विश्वास जिते । सायद स्थानीय तहको निर्वाचन भन्दा अगाडि नै संसदको निर्वाचन भएको भए स्वतन्त्र पाटीले यति धेरै सिट ल्याउँदैनथ्यो होला । त्यसको श्रेय भने स्वतन्त्र रुपमा निर्वाचित भएका काठमाडौंका मेयर बालेन साहलाई नै जान्छ । बालेन साहले निर्वाचित भएसँगै गरेका केही उल्लेखनीय कार्यका कारण ससदीय निर्वाचनमा स्वतन्त्रलाई जिताउने अभियान नै जनस्तरबाट भयो र रविले अप्रत्याशित रुपमा निकै नै सिट हासिल गरे ।
त्यसले पुराना दलहरुको निद हराम त भयो नै । स्वतन्त्र पार्टीलाई कसरी सिध्याउन सकिन्छ भन्ने खेलमा लागेपनि । त्यसैको एउटा महत्वपूर्ण अंश थियो, रविलाई उपप्रधान सहित गृहमन्त्री बनाएर नागरिकता काण्डमा पद नै सिध्याउने । फेरि निर्वाचन भएर जितेका रविलाई गृहमन्त्री नै दिएर त्यस्तै काण्ठमा सिध्याउन । हो अहिले खेल त्यस्तै रहेको छ । रविले कति गल्ती गरेका छन् वा छैनन् ? दोषी हुन् वा होइन ? त्यो खुट्याउको काम अदालत कै हो । तर रविलाई पटक पटक हिरासतमा राख्ने, बयान लिने हल्ला खल्ला गराउने र मानसिक रुपमा विक्षिप्त बनाएर राजनीतिबाट टाढा बनाउने योजना दलहरु कै रहेको देखिन्छ ।
विगतमा आत्महत्यादुरुत्सहान मुद्दादेखि अहिलेको सहकारी ठगी प्रकरणलाई हेर्ने हो भने धेरै कुरा प्रष्ट हुन्छ । यदि रविलाई अदालतले सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दियो भने पनि रविलाई यसैगरी मानसिक रुपमा विक्षिप्त बनाउनका लागि अरु धेरै मुद्दाहरु दर्ता हुने छन् । रविले आफ्नै सांसदबाट ठगी प्रकरणको संसदीय सुनुवाईसँगै ‘क्लिन चिट’ को जुन हल्ला फैलाएर हस्ताक्षर गरे त्यो पनि रवि सिध्याउन एउटा खेल थियो । अहिले रविको बयानका समय पोखरा होस वा बुटवलमा गरिएका प्रदर्शनीले पनि रविलाई बाह्य राजनीतिक आक्रमण त छँदैछ पार्टी भित्र भित्रैबाट पनि अदृश्य खेल भईरहेको अनुमान गर्न सकिन्छ ।
Add Comment