सर्वेन्द्र खनालले किन एमाले छाडे? थुप्रै नेता पार्टी छाड्ने मनस्थितिमा!

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै एमालेबाट निष्कृय भइसकेको भन्दै पार्टी छाडेको औपचारिक जानकारी गराएका छन्।

उनले लेखेका छन्, “हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।”

भ्रष्टाचार, बेतिथीको बारेमा निरन्तर आवाज उठाउँदै आएका खलान पछिल्लो समय पार्टीमा त्यति सक्रिय पनि देखिदैन थिए । नातावाद कृपावादलाई पार्टी नेतृत्वले प्रसय दिँदा खनाल जस्ता थुप्रै नेताहरुलाई एमालेमा टिकिरहन अप्ठयारो परिरहेको बताइन्छ । अहिले थुप्रै नेताहरु एमाले नेतृत्व विशेष गरी अध्यक्ष केपी ओलीको निरंकुशता प्रति असन्तुष्ट छन् ।

कारबाही र निष्कासनको डरले बोल्न सकिरहेका छैनन् भन्ने कुरा हालै निष्कासनमा परेका नेता भीम रावले सार्वजनिक रुपमै व्यक्त गरिसकेका छन् । ५१ वर्षसम्म निरन्तर पार्टीमा रहेका रावल पनि नेतृत्वलाई टक्कर दिएकै आरोपमा निशानामा परेको भन्ने आराेप लगाउछन् ।

२६औं प्रहरी प्रमुखको नेतृत्व गरेका खनाल ३० वर्षे सेवा अवधिपछि नेकपा एमालेसँग जोडिदै औपचारिक २०७९ असोज ६ मा औपचारिक रुपममै पार्टी प्रवेश गरेका थिए ।