काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले गत फागुन २५ गते काठमाडौंमा गरेको स्वागतसँगै झस्किएका प्रमुख तीन दलका नेताहरु अहिले सत्ता र शक्ति विमुख हुने हो कि भन्ने चिन्ताले एक जुट भएका छन् । एकले अर्कोलाई सत्तोसराप गर्दै भाषण गर्न थालेका यी तीन दलका नेताहरुलाई राजा ज्ञानेन्द्र शाहले फेरि एकै ठाउँमा उभ्याईदिएका छन् ।
ज्ञानेन्द्र शाहले राजा होलान् वा नहोलान् आफ्नै ठाउँमा छ । तर उनको जिल्ला भ्रमण र त्यस क्षेत्रमा जनताको उपस्थितिले दलका नेताहरुलाई भने तनाव गराएकै छ । त्यसकारण पनि आज प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंदरबारमा छलफल जारी छ ।
छलफलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव शक्तिबहादुर बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन् । यस्तै, प्रधानमन्त्रीका ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।
ज्ञानेन्द्र शाहलाई जेल हाल्न अभिव्यक्ति दिँदै आएका यी तीनदलहरुका नेताहरु बाहिर भाषण जे गर्छन् व्यवहार भने ठ्याक्कै उल्टो गर्छन् । राजालाई भाषण तर्साएर आफुहरु भने नवसामन्त राजा बन्न खोजेको भन्ने आरोप यिनी तीनै जनालाई लागेको छ ।
Add Comment