बिरामी सरकारले आफ्नो उपचार सकिएपछि आजै झाँक्रीलाई रिहा गर्यो

काठमाडौं । बिरामी सरकारले आज गिरफ्तार गरिएकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आफ्नो उपचार सकिएपछि आजै रिहा गर्यो ।

संसद विघटनपछि पूर्णरुपमा अस्वस्थ सरकारले आफ्नो उपचार वकिलद्वारा गराउन नसकेपछि झाँक्रीलाई पक्राउ गरेको थियो । सरकारले आफ्नो उपचारमा कसर नराख्न यसरी आफ्नै दलका विभाजित कार्यकर्ता पक्रने नीति बनाएको छ ।

प्रहरीले उनलाई आजै छाड्न तयार भए पनि कुनै एकजनाले त्यससम्बन्धमा जिम्मेवारी लिनुपर्ने भनेपछि प्रहरी कार्यालयमा उपस्थित नेकपा नेताहरु त्यसो गर्नु आवश्यक नरहेको बताएका छन्। त्यसैले कारण दुई पक्षको छलफल लामो समय चलेको  थियो ।

झाँक्रीलाई आजै शंखमुलस्थित उनको निवासबाट गिरफ्तार गरी अपराध महाशाखा बानेश्वरमा राखिएको थियो ।