राजनैतिक उपचार गर्न दिल्ली पुगे झलनाथ खनाल

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार स्वास्थ्य उपचारको लागि भन्दै राजनैतिक उपचार गर्न दिल्ली गएका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साँढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली पुगेका हुन् ।

अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली गएका हुन् । पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएका हुन् ।

हाल पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्दैन ।

यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए । खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

भारतमा गएर खनालले भारतीय जनता पार्टी र सरकारका प्रतिनिधिहरुसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।