पार्किङमा राखिएको ट्रकको ब्याट्री चोरी, किनबेचमा संलग्न दुवै पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले ठुला गाडीका ब्याट्री चोर्ने  र चोरी गरिएका सामान खरिद गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विरगन्ज महानगरपालिका-१५ भेडियाहीका ३० वर्षीय निरज सिंह र विरगन्ज महानगरपालिका-८ का ४१ वर्षीय मनिषकुमार रौनियार रहेका छन्।

निरजले चोरी गरेका ब्याट्रिहरु खरिद गरेको आरोपमा मनिष पक्राउ परेका हुन्। माघ २७ गते रातको समयमा पार्किङ गरिराखेको ट्रकका ब्याट्रि चोरेर अटोमा लोड गरिरहेका अवस्थामा निरज पक्राउ परेको दावी प्रहरीको थियो। निरजले आफूले चोरेका विभिन्न ब्याट्रिहरु मनिषलाई विक्री गर्ने गरेको बताएपछि प्रहरीले छापा मारेको थियो।

प्रहरीका अनुसार मनिषको घरमा खानतलासी गर्दा १२ भोल्टका २४ वटा ब्याट्री भेटिएको थियो।