अदालत भन्छ सिद्धबाबा बलात्कारी होइनन्, सहमतीमा यौन सम्बन्ध बनाउन पाइन्छ 

काठमाडौं । जिल्ला अदालत सुनसरीले आफूलाई स्त्री बाट टाढा रखेको ब्रह्मचारी बताउने विवादास्पद सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमतिमा यौन सम्बन्ध गरेको फैसला गरेको छ ।

ुसो मुद्दामा बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई अदालतले २२ मंसिरमा सफाया दिलाएको थियो ।हाल दुई महिना बितेपछि अदालतको फैसालामा जाहेरवाली महिलाले सहमतीमै यौन सम्बन्ध बनाएको जिकीर छ । सो मुद्दामा बाबाले करणी नगगरेकाले जबरजस्ती मान्न नसकिने नजिर अदालतले पेश गरेको छ ।
यता धार्मिक कानुनमा भने बाबा ब्रह्मचारी भनिएकाहरुले यौन सम्बन्ध राख्नु अनैतिक र चरित्रहीन हुनु हो ।
बाबा भनिएका कृष्ण्बहादुरले पनि आफू स्त्री संसर्गबाट टाढा रहेको र त्यस्तो अनैतिक कार्य गनै नसक्ने बताउँदै आएका थिए ।
धार्मिक कानुन अनुसार बबा भनिने कृष्ण बहादुरलाई अदालतले सामाजिक मर्यादा उल्लंघनको हकमा जेल चलान गर्न सक्थ्यो तर अदालतले त्यसो नगरेर कृष्णबहादुरलाई उन्मुक्ति दियो । यसले धार्मिक व्यक्तिहरुले अब कुनै कठोर नियम पालना गर्न नपर्ने नजिर स्थापित गरिदिएको छ । धार्मिक गुरु भनिएकाहरुले नै धार्मिक कानुन उल्लंघन गरी मर्यादा पालना गर्न नपर्ने भएपछि सामाजिक मर्यादा कस्तो स्थानमा रहला भन्ने कुराको सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।