ओलीको असंवैधानिक कदम विरुद्ध कांग्रेस लडिरहन्छः विमलेन्द्र नीधि

सर्लाही । असंवैधानिक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा कांग्रेसले प्रदर्शन जारी नै राख्ने कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

आज सर्लाहीको बबरगंजमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रम थियो ।

सो अवसरमा उपसभापति निधिले ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसले आन्दोलन जारी राख्ने कुराको जानकारी गराएका छन् ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अदालतको निर्णयमा भने आनाकानी गर्न नहुने पनि नीधिको मतो छ ।

सोही अवसरमा सम्पूर्ण कांग्रेसी एक भए सर्वसत्तावादी तन्त्र बोक्ने ओलीहरुको केहि नलाग्ने पनि नीधिले बताए ।