स्वास्थ्य मन्त्रालयमा मन्त्री हृदयेशको सेटिङ सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदयेश् त्रिपाठीले सेटिङमा आफ्ना मान्छेलाई स्वास्थ्य सचिव बनाउन चलखेल गरिरहेका छन् । मन्त्री भएपछि त्रिपाठीले स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सचिव बनाउने आश्वासन दिए पनि हाल भने मन्त्रालयमै रहेका वरिष्ठ योग्य व्यक्तिहरुलाई नालायक भन्दै दुत्कार्ने गरेको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रालयमा बाह्रौं तहमा कार्यरत सचिवका पाँचजना दाबेदारहरुलाई त्रिपाठीले सचिव बन्न नसक्ने भन्दै पाखा लगाएर आफ्नो मान्छे सेटिङ गर्ने चलखेल गरेको स्रोतले बताएको छ । मन्त्री भए लगत्तै सचिव लक्ष्मण अर्यालसहितको पाँच सदस्यको छलफलमा मन्त्रालयकै चिकित्सक र स्वास्थ्यकर्मीबाट मान्छे छानी सचिव राख्ने प्रतिबद्धताजाहेर गरे पनि त्रिपाठीले विधि र प्रकृया मिच्दै शक्तिको दुरुपयोग गरी मन्त्रालयलाई राजनैतिक बन्दी बनाएको कर्मचारीको गुनासो छ ।

खोप खरिदमा पनि करौडौं मुनाफा कमाउने उद्देश्यले त्रिपाठीले विधि र प्रक्रिया मिच्दै विभागीय प्रकृया मिचेको स्वास्थ्यका कर्मचारीहरुले बताएका छन् ।