काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको अर्कमण्यताका कारण नेपाली कांग्रेस विभाजन भएको छ । जेजनी विद्रोह पछि सिंगापुर पुगेका कांग्रेस सभापति देउवाले पूर्ण बहादुर खड्कालाई कार्यवाहक दिएर गएका थिए । यही समयमा नेपाली काँग्रेसमा महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवशेनका लागि संस्थापन पक्षलाई आग्रह गरेपनि संस्थापनले सुनुवाई नगरेपछि पुस २७ गतेदेखि काठमाडौको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन र सँगैसँगै भएको वार्ता र छलफल सहमति नभएपछि पुस मसान्तका दिन नेपाली काग्रेस विभाजन भएको हो ।
यस अघि गिरिजाप्रसादा कोइराला सभापति रहेका बेला शेरबहादुर देउवाले पार्टी विभाजन गरेर नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । विशेष महाधिवेशन गर्नका लागि भूमिका खेलेको भन्दै नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजन भएको हो ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासनको घोषणा गरेको हो ।
अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ। यसअघि पार्टीभित्र विवाद मिलाउनका लागि पटक पटक भएपनि सहमति जुट्न सकेको थिएन ।


Add Comment